Crystal Cleanser Pvt. Ltd. formulates and manufactures plant-based, biodegradable cleaning products in Machhegaun, Kathmandu. What started as a small batch of organic surface cleaners has grown into a full product lineup trusted by households, hotels, and institutions across Nepal.
We believe effective cleaning and environmental responsibility aren’t a trade-off — every formula is built from plant-derived ingredients, tested for real cleaning performance, and manufactured locally under consistent quality control.
क्रिस्टल क्लिन्जर कम्पनी प्रा. लि. स्थापना: २०२१ | मच्छेगाउँ, चन्द्रागिरी, काठमाडौं
क्रिस्टल क्लिन्जर कम्पनी प्रा. लि. एक अग्रणी नेपाली कम्पनी हो जसले पर्यावरणमैत्री सफाई उत्पादनहरू निर्माण गर्ने प्रतिबद्धता लिएको छ। कम्पनीको उद्देश्य सफाईलाई मात्र प्रभावकारी बनाउनु होइन, स्वास्थ्य र वातावरणलाई सुरक्षित राख्दै दिगो समाधान प्रदान गर्नु हो।
हाम्रो दृष्टि
हामी विश्वास गर्छौं कि सफाई उत्पादनहरूले मानव स्वास्थ्य र वातावरणमा नकारात्मक असर पार्नु हुँदैन। त्यसैले, हामीले जैविक रूपमा विघटनशील, विषमुक्त, प्राकृतिक सामग्री प्रयोग गरेर उत्पादनहरू तयार गरेका छौं जसले सफाईलाई सुरक्षित र दिगो बनाउँछ।
हाम्रो उत्पादनहरू
पोइन्टर ब्रान्ड अन्तर्गत प्रस्तुत उत्पादनहरूमा ग्लास तथा फर्निचर क्लिनर, फ्लोर क्लिनर, टयलेट क्लिनर, चिम्नी क्लिनर, मल्टिपर्पोज क्लिनर, फर्निचर पोलिस, स्टेनलेस स्टील पोलिस, विन्डशील्ड वासर फ्लुइड समावेश छन्। साथै, पोइन्टर डीस वासर पनि छिट्टै उपलब्ध हुने छ। यी उत्पादनहरू ५०० मिलि बोतलहरूमा घरायसी प्रयोगका लागि उपलब्ध छन् भने ५ लिटर र ५० लिटर कन्टेनरहरू संस्थागत, औद्योगिक तथा व्यावसायिक प्रयोगका लागि पनि उपलब्ध छन्।
हाम्रो प्रतिबद्धता
१००% पर्यावरणमैत्री र जैविक रूपमा विघटनशील बालबालिका, घरपालुवा जनावर तथा संवेदनशील वातावरणका लागि सुरक्षित स्थानीय रूपमा उत्पादन गरिएको, नेपाली बजारलाई लक्षित नेपालका प्रमुख संस्थान तथा घरपरिवारमा विश्वासपात्र ब्रान्ड
